News देश

फास्टट्रयाक र विमानस्थलकाे निर्माणले पूर्वराष्ट्रपति चिन्तित

फास्टट्रयाक र विमानस्थलकाे निर्माणले पूर्वराष्ट्रपति चिन्तित

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको सामाजिक र भौगोलिक विविधता अनुसार व्यावहारिक शिक्षामा ध्यान दिनुपर्ने बताएका छन्।

 

शनिबार काठमाडौंमा आयोजित साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोइरालाको २५ औं स्मृतिसभामा पूर्वराष्ट्रपति यादवले नेपालको भूराजनीति र जातीय विविधताको पर्याप्त जानकारी सहित शिक्षा प्रणाली विकास गर्नुपर्ने धारणा राखे।

 

विकासको नाममा तराई र भित्री मधेसमा पर्यावरणमा हानि नोक्सानी पुर्याउने काम भइरहेको बारे उनको चिन्ता थियो। फास्टट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा ठूलो संख्याका रुख कटानी भएकोमा चिन्ता व्यक्त गर्दै उनले प्राकृतिक सुन्दरताको संरक्षण र संवर्द्धनमा लाग्नुपर्नेमा जोड दिए।

 

कार्यक्रममा कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार कवि रमेश खकुरेललाई प्रदान गरिएको थियो। यो पुरस्कारको राशी २५ हजार नगद रहेको छ। त्यसैगरी शिक्षा क्षेत्रमा योगदान पुर्याएबापत प्राध्यापक डाक्टर सुरेशराज शर्मा, साहित्य तथा समाजसेवामा योगदान पुर्याएबापत पार्थवमणि भट्टराईलाई कोइराला समाजसेवा २०७५ प्रदान गरियो।

रामवरण यादव विमानस्थल फास्टट्रयाक

विशेष