News अर्थ

पेट्रोलियम पदार्थकाे मूल्य फेरि बढ्याे, यस्ताे छ नयाँ मूल्य सूची

पेट्रोलियम पदार्थकाे मूल्य फेरि बढ्याे, यस्ताे छ नयाँ मूल्य सूची

 काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, तथा मट्टतिेलको ३/३ रुपैयाँका दरले मूल्य बढाइएको निगमका सञ्चालक समितिका सञ्चालक अरबिन्द अग्रवालले बताए ।

 

अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले शुक्रबार नयाँ मूल्यसूची पठाएको थियो । यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ । 

 

निगमलाई अहिले ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ । निगमले प्रत्येक १५/१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो ।

पेट्रोलियम पदार्थ मूल्य बढ्याे

विशेष