News

जाली-फटाहहरूका कारण झुक्याएर पार्टी एकता गर्नु परेको हो : प्रचण्ड

जाली-फटाहहरूका कारण झुक्याएर पार्टी एकता गर्नु परेको हो : प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रहचण्डले पार्टी एकता गर्नुअघि देखावटी रुपमा विवाद जस्तो गरिएको बताएका छन् । पार्टी एकता हुनैलाग्दा जाली, फटाहहरूले चलखेल गर्ने वातावरण आएपछि योजनावद्ध तरिकाले एकता नहुने जस्तो अवश्था देखाई झुक्याएर एकताको केन्द्रमा गाँसिएको स्पष्ट पारेको हुन् । 

 


जन्मस्थल कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले केपी शर्मा ओली र आफूले सल्लाह गरेरै पार्टी एकतामा बेला बेला दरार देखाएको बताए । सरकारको नीति तथा कार्यक्रम ल्याउनुअघि एउटै पार्टी बनाउने सल्लाह अनुसार जेठ ३ गते आफ्नै प्रस्तावमा एकीकरण भएको उनले बताए ।

 

एकता प्रसंगलाई रोचक रुपमा जोड्दै उनले भने‘पार्टी एकता हुन्छ यो दिन भनेर नहुने भन्ने बनाएर ड्याम्मै एकता घोषणा गरेको हो । जेठ २ गते विहान कमरेड केपी ओली र म बालुवाटारमा भेट भइसकेपछि अब ढिलो नगर्ने कुरा भयो । ओली कमरेडले ७ गते अघिनै गरौं भन्नुभयो । मैले भोलि मदन आश्रति स्मृति दिवसकैदिन गरौं भन्ने प्रस्ताव राखेँ, त्यही दिन भयो ।’

प्रचण्डले पार्टी एकता सामान्य घटना भएको भन्दै यसले विश्वलाई नयाँ सन्देश दिएको बताए । उनले नेकपाका कार्यकर्तालाई गुटबन्दी गर्ने छुट नरहेको समेत दाबी गरे । 

 


प्रचण्डले उपेन्द्र यादव समेत सरकारमा सहभागी भएपछि अब सरकारसँग दुई तिहाई बहुमत रहेको र संविधान संशोधनका लागि प्राबिधिक तथा संवैधानिक हैसियत प्राप्त भएको बताए ।
 

पुष्पकमल दाहाल

विशेष