News मुख्य समाचार

कलाकारहरुले अब निराशाका गीत गाउनु पर्दैन: प्रधानमन्त्री ओली

कलाकारहरुले अब निराशाका गीत गाउनु पर्दैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुले अब निराशाका गीत गाउनुनपर्ने बताएका छन्। साँस्कृतिक संस्थानले शनिबारआयोजना गरेको जनगायक रामेश श्रेष्ठको अभिनन्दन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीओलीले यो बताएका छन्।

 

प्रधानमन्त्री ओलीले निरंकुशताविरुद्ध जनता जगाउन रामेशले गाएका गीतले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। जनता जगाउने कलाकारको खोजीमा आफू २०२६ सालतिर जेबी टुहुरे र लव प्रधानलाई भेट्न मधुमल्ला गएको प्रसंग सुनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘२०३० सालमा म जेल परेँ। तर पनि हामी जित्ने छौं एक दिन भन्ने गीत सम्झिएर आत्मविश्वास घटेन।’

 

रामेशहरुले देशका लागि गाएको गीतले सार्थकता पाएको प्रधानमन्त्रीओलीको भनाइ छ। सबैको योगदानले देशमा परिवर्तन आएको प्रधानमन्त्रीओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब हामी समृद्ध नेपाल,सुखी नेपाली बनाउछौं। कलाकारहरुले अब निराशाका गीत गाउनु पर्दैन।’

 

कुनै बेला जनता जगाउन गाऊँगाऊँबाट उठ बस्ती बस्तीबाट उठ बोलको गीत रचना गरेका र गाएका कलाकारलाई त्यस गीतका अरु भागहरु रचना गर्न र गाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन्।

 

‘हिजो फरक प्रसंगमा यो गीत गाउनु भएको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘आज देश निर्माण गर्ने सन्दर्भमा यो गीतको नयाँ भाग ल्याएर जनतालाई फेरि जगाउनुहोस्।’

 

कार्यक्रममा प्रधानमन्त्री ओलीलगायत उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल, पूर्व प्रधानमन्त्री झलनाथखनाल र मन्त्रीहरुले गायक रामेशलाई गीतसंगीतको क्षेत्रमा नेपाली समाजलाई अतुलनीय योगदान पुर्‍याएकामा अभिनन्दन गर्नुुभएको छ।

 

यसैगरी गायक रायनलाई पनि कार्यक्रममा सम्मान गरिएको छ। कार्यक्रममा रामेश लगायत कलाकारले विभिन्न गीत प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली साँस्कृतिक संस्थान

विशेष