News मनोरञ्जन

थ्री इडियट्सको सिक्वेल बन्ने

थ्री इडियट्सको सिक्वेल बन्ने

काठमाडाै‌ । चर्चित लेखक चेतन भगतको उपन्यासमा आधारित चलचित्र थ्री इडियट्सको सिक्वेल बन्ने भएको छ ।

 

एक दशक अघि निकै नै चर्चित चलचित्रमा आमिर खान मुख्य भूमिकामा थिए । शैक्षिक विषयलाई लिएर निर्माण गरिएको उक्त चलचित्रलाई  व्यवसायिक रुपमा निकै नै सफल मानिएको थियो । 

 

सिक्वेलमा राजकुमार हिरानीले स्झिप्टको कामभने सुरु गरिसकेका छन् । तर कलाकारहरूको विषयमा भने गृहकार्य भइनसकेको निर्देशक हिरानीले बताए । अघिल्लो पटक आमिर खानले निकै चर्चा कमाएपनि यसपाली भने उनी हुने नहुने भन्ने पक्का भएको छैन । यसअघि नै निर्देशक हिरानीले मुन्नाभाई ३ बनाउने घोषण गरेका थिए ।

 

उनी अहिले अर्को हप्ता प्रदर्शनमा आउने ‘सञ्जु’ फिल्मको प्रमोसनमा व्यस्त रहेका छन् । ‘सञ्जु’ फिल्मको प्रमोसनकाे क्रममा उनले सिक्वेल आउने खुलासा गरेका हुन् । 

आमिर खान थ्री इडियट्स

विशेष