News

रवि लामिछानेलाई प्रेम बानियाँको साथ  

रवि लामिछानेलाई प्रेम बानियाँको साथ  

काठमाडौं । कुनैबेला न्युज ट्वान्टी फोरमा राष्ट्रवादी पत्रकारिता ? गरेर चर्चामा आएका र हाल विदेसिएका अर्का पत्रकार प्रेम बानियाँले रवि लामिछानेसँग जोडिएका विवादास्पद घटनाक्रमलाई ‘पिप्साहरूको आक्रमण’ भनी निन्दा गरेका छन् । 


पत्रकार बानियाँले आफ्नो फेसबुक वालमा लेखेको स्टाट्समा भनिएको छ, ‘आज रविजीमाथि आक्रमण गरिरहेका पिप्साहरूले हिजो मजस्ता धेरै धेरैलाई देश छोड्न वाध्य पारेका छन्, कति कतिको के के समाप्त पारेका छन् भनी साध्य छैन र यस्तै प्रवृत्तिका पात्रहरूका कारण आज मेरो देशको हालत खराब छ । यो एक प्रकारको ओपन सेक्रेट हो । उनीहरू भनिरहेका छन्, रविले वर्क परमिट लिएन, यसो गर्यो, त्यसो गर्यो, जेल हाल्नुपर्छ आदिआदि ।’


बानियाँले आफ्नो स्टाट्समा भावुक बन्दै लेखेका छन्, ‘एउटा उल्कापात । एउटा बज्रपात वा एउटा सकारात्मक विध्वंश । रवि लामिछानेलाई देश प्रवृत्ति, पत्रकारिता प्रवृत्ति र जीवनका धेरै अनुभव, लडाइँ, जुधाई र सत्यहरू सुम्पिएर र यताका केही ग्रहण गरेर केही समयको लागि (मात्र केही समयका लागि) विदेसिएको पात्र हुँ म । आज रविजी त्यही स्टुडियोबाट बोलिरहेका छन्, जसका लागि एक एक इँटा संकलन गरेर, जग हालेर र त्यसलाई जीवन्त बनाएर हिँडेको हुँ म । तर, बिचराहरूलाई के थाहा रविजीले अमेरिकाको नागरिकता वा पासपोर्ट नै अमेरिकी सरकारलाई बुझाएको कति भयो ? अनि त यति ढिलो आएर (पत्रकारहरू) डेट एक्सपाएर्ड न्युजको खेती गरिरहेका छन् ।’


बानियाँले रवि लामिछानेप्रति दृढ समर्थन र साथ दिँदै फेसबुकमा लेखेका छन्, ‘आज प्रसारण हुने सीधा कुरा जनतासँग कार्यक्रम हेर्न नभूल्नु होला र थाहा पाउनुहोला कि यो देशमा दुईचार दाना कुहिएका आलुहरूले सिंगै बोरालाई कसरी दुर्गन्धित बनाइरहेका छन् ?


हरपल कुरा भइरहन्छ र भनिरहेको छु, रविजी, कुनै पनि समय, जीवनको कुनैपनि मूल्य चुकाएर देशका लागि परिवर्तनका जबर्जस्त अगुल्टाहरू भएर अघि बढ्नैपर्छ र हमेसा म तयार छु, अब त हामी झन् तयार भएका छौँ विश्वभरीबाट रवि लामिछाने ।’ 

र यो पनि,

प्रेस काउन्सिल स्रोत भन्छ, ‘रवि लामिछानेजी, बोलेर मात्रै त चिया पनि पाक्दैन, प्रमाण दिनूस्’

विशेष