News व्यापार अर्थ बैंकिङ समाज प्रदेश ३

एनआईसी एशियाद्वारा भिषा क्रेडिड कार्ड सञ्चालनमा 

एनआईसी एशियाद्वारा भिषा क्रेडिड कार्ड सञ्चालनमा 

काठमाडौ । एनआईसी एशिया बैंकले ग्राहकको हितलाई ध्यानमा राखेर (भिषा अन्तर्राष्ट्रिय यूएसडि क्रेडिड कार्ड) “VISA International USD Credit Card संञ्चालनमा ल्याएको छ  । 
 
ग्राहकवर्गहरु माझ e-commerce प्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै एनआईसी एशिया बैंकले उक्त कार्डको शुरुवात गरेको हो । नेपाल तथा भारत बाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न सकिने उक्त कार्डमा अमेरिकी डलर ५०० देखि १५,००० सम्मको कर्जा सिमा, निःशुल्क e-commerce (Online Payment) को सुविधा, कर्जा सिमितको ५०% सम्म नगद झिक्न सकिने, १०% वा शत प्रतिशत भुक्तानीको व्यवस्था, अधिकतम ४५ दिन सम्म Service Charge Free Credit Period{ उपभोग गर्न सकिने लगायतका बिशेषताहरू रहेको बैंकले बताएको छ । 


बैंकले मुलुकभर २ सय २४ शाखा कार्यालयहरु, २ सय १७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

 

बैंकको वासलातको आकार १ सय ७३ अर्ब भन्दा बढि पुगेको बैंकले बताएको छ  । कुल निक्षेप करिब १ सय ४८ अर्ब र कुलकर्जा करिब १ सय १९ अर्ब बनाउन बैंक सफल भएको बैंकका सूचना अधिकारी सुधीरनाथ पाण्डेले जानकारी दिए । 

 

अहिलेसम्म यस बैंकमा करिब ११ लाख ५० हजार ग्राहक भइसकेका छन् ।  बैंकले लागु गरेको  VISA International USD Credit Card को प्रयोगबाट बढी भन्दा बढी ग्राहकहरुले उच्चतम लाभ उठाउने बैंकले विश्वास लिएको सूचना अधिकारी पाण्डेले बताए । 


 

एनआईसी कार्ड

विशेष