पूर्ण अनलाईन कारोबार प्रणाली साउन १ गतेदेखि

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले अनलाईन कारोबार प्रणाली साउन १ गते पूर्ण परिक्षणमा ल्याउने भएको छ । नेप्सेले सूचना जारी गरी असारदेखि नै विभिन्न प्रक्रियाहरु पुरा गर्दै साउन १ गते पूर्ण रुपमा प्रणाली लागू गर्ने जानकारी दिएको हो ।
जसमा असार १७ गते टिएमएस, एनओटिएस, आरएमएस र सर्वेलिएन्स मोड्युलको समायोजन सिडिएससी र क्लियरिङ बैङ्कसँग आवद्ध, असार १९ गते सदस्य दलाल समक्ष प्रस्तुतीकरण, असार २० गते लगानीकर्ता सङ्घका प्रतिनिधी समक्ष प्रस्तुती, असार १८ गतेदेखि २० गतेसम्म आन्तरिक परिक्षण कारोबार, असार २१ गने नेप्से सर्भरमार्फत नयाँ प्रणाली सञ्चालन र साउन १ गते पूर्ण परिक्षण कारोबार तथा युजर एसेप्टेन्स टेस्ट आरम्भ गर्ने कार्यतालिका पेश गरको छ ।
कारोबार अनलाईन