News मुख्य समाचार

आयल निगम घेराउ गर्दै नेविसंघले भन्याेः मूल्यवृद्धि फिर्ता नलिए थप कडा संघर्षमा उत्रिन्छाैँ

आयल निगम घेराउ गर्दै नेविसंघले भन्याेः मूल्यवृद्धि फिर्ता नलिए थप कडा संघर्षमा उत्रिन्छाैँ

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि फिर्ता नभएसम्म सरकारविरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको छ । 

 

नेपाल विद्यार्थी संघले शुक्रबार अपरान्ह नेपाल आयल निगमको केन्द्रीय कार्यालयसहित देशका विभिन्न भागमा रहेका निगम कार्यालयको मूल गेटमा धर्ना दिँदै मूल्यवृद्धि फिर्ता नभएसम्म सरकारविरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको हो । 

 

निगमको केन्द्रीय कार्यालय, काठमाडौंमा आयोजित धर्ना कार्यक्रमको नेतृत्व गर्नु भएका संघका अध्यक्ष नैनसिंह महरले जनताको दैनिक उपभोग्य वस्तुमा बढाइएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए । 

 


धर्ना कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी समेत लगाएका थिए ।

 

संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि एकमुष्ट रुपमा फिर्ता गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएका छन् । पेट्रोलियम पदार्थमा पछिल्लो पटक मूल्य वृद्धि गरेलगत्तै संघले सरकारविरुद्ध सडक संघर्ष सुरु गरेको हो ।

 

उसले असार १० गते सातै प्रदेशका मुख्यमन्त्रीलार्इ ज्ञापन पत्र सहित विराेध  जुलुस निकाल्ने भएकाे छ  । साथै १२ गते देशव्यापी रुपमा १० मिनेट अाफ्नाे सवारी साधन राेकेर मूल्यवृद्धिकाे विराेध स्वरुप हर्न  बजाएर अाेली सरकारकाे कान खुलाउने महरले बताए ।

 

 

नेविसंघ पेट्रोलियम पदार्थ मूल्यवृद्धि

विशेष