News राजनीति

नयाँ शक्ति परित्याग गरेका केशव दाहाल विवेकशील साझामा प्रवेश

नयाँ शक्ति परित्याग गरेका केशव दाहाल विवेकशील साझामा प्रवेश

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका नेता केशव दाहाल पार्टी परित्याग गरेका छन् । उनले नयाँ शक्ति परित्याग गरेर विवेकशील साझा पार्टीमा प्रवेश गरेका हुन् । 

 

‘जति प्रयत्न गरे पनि नयाँ शक्ति पार्टीबाट वैकल्पिक राजनीतिको लक्ष्य हासिल हुनै नसक्ने’ निश्कर्षमा पुगेको भन्दै दाहालले १० दिनअघि नयाँ शक्ति पार्टीबाट राजीनामा दिएका थिए ।

 

दाहालले वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै देशको रुपान्तरण गर्ने आफ्नो अटुट प्रयास विवेकशील साझासँगको सहयात्राबाट टुङ्गोमा पुग्ने आशा बढेको विवेकशील साझा पार्टीले विज्ञप्तिमा जनाइएकाे छ । यसअघिको आफ्नो राजनीतिक यात्रामा साथ दिने सबैप्रति उनले आभार प्रकट पनि गरेका छन् ।

 

विवेकशील साझाका संयोजक रवीन्द्र मिश्र र सहसंयाेजक उज्वल थापाले दहालजस्तो वैकल्पिक राजनीतिको अगुवा, बुद्धिजीवी तथा नेता विवेकशील साझामा सहभागी हुँदा पार्टी तथा राष्ट्र निर्माणको अभियान अझ बलियो हुने बताए । 

विवेकशील साझा नयाँ शक्ति केशव दाहाल

विशेष