News प्रदेश १

आफैलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा

आफैलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा

मोरङ । आफैलाई गोली हान्न लगाउने पण्डित आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको केही दिनभित्रै  उनी छुटेका हुन् । 

 

कानुनमा आफूमाथि लागेको आरोपको आदेश चित नबुझे माथिल्लो निकायमा जानसक्ने कानुनी व्यवस्था अनुसार उनी जिल्ला अदालत मोरङमा १७ नम्बर प्रयोग गर्न गएका थिए ।

 

अदालतले आज दिएको आदेशमा उनी दोषी नदेखिएको हुँदा उनलाई थुनामा राखिरहनु पर्ने कारण नदेखिएकोले ५ हजार धरौटी लिएर छाड्नु भन्ने अदालतको आदेशका आधारमा उनलाई छाडिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।
 

जेठ १६ गते जिल्ला प्रशासनको आदेशमा उनी जेल चलान भएकोमा झुम्का कारागारमा राखिएको थियो । श्रीनिवासलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ (क) बमोजिम पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । 

 

उनको रिहाई भएसँगै उनलाई लिनका लागि हिन्दुधर्मका अनुयायी तथा उनका समर्थकको जिल्ला प्रशासन कार्यालयमा भिड लागेको थियो । बाराको सिमरा ३ घर भै सुनसरीको चक्रघट्टीस्थित लक्ष्मी बैंकटेशको आश्रममा बस्ने आचार्य विराटनगर–१४, जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका थिए । 

 

आचार्यमाथि चैत २५ गते राति १ः ४५ बजे शौचालय जान निस्केको अवस्थामा गोली प्रहार भएको थियो । उनलाई उनकै निर्देशनमा सुरक्षा गार्डले गोली प्रहार गरेका थिए ।

आचार्य श्रीनिवास रिहा

विशेष