पहिलो हाफसम्म ब्राजिल र कोस्टारिका बराबरीमा, ब्राजिललार्इ दबाब
मस्को । विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा अहिले सर्वाधिक उपाधि विजेता ब्राजिलले नाइजेरियासँग खेलिरहेको छ। पहिलो हाफको समाप्तीपछि पनि कुनै टिमले गाेल गर्नसकेका छैनन्।
पहिलो हाफमा ब्राजिलका नेइमारले वन भर्सेस वनको अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। समूह ‘डी’ अन्तर्गत अघिल्लो चरण पुग्ने सम्भावनालाई बलियो बनाउन ब्राजिललाई यो खेल जित्नैपर्ने दबाब छ। उसले पहिलो खेलमा स्विजरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो।
एक खेलपछि सर्बिया तीन अंकसहित शीर्षस्थानमा छ। स्विजरल्यान्ड र ब्राजिलको एक एक अंक छ । कोस्टारिकाले भने अंक जोड्न सकेको छैन। पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई १-० गोलले हराएको थियो।
ब्राजिल पछिल्ला १२ खेलयता अपराजित छ। उसले पछिल्ला २२ खेलमा केवल एउटामा मात्र हार व्यहोरेको छ। कोस्टारिका अघिल्लो विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो। तर उसको पछिल्लो प्रदर्शन खराब देखिएको छ।
कोस्टारिकाले तीन खेलयता लगातार हार ब्यहोरेको छ। उसले पछिल्ला ११ खेलमा सात हार, दुई जित र दुई बराबरीको नतिजा निकालेको छ। ब्राजिल र कोस्टारिकाबीच हालसम्म १० पटक प्रतिस्पर्धा भएको छ जसमा ब्राजिलले ९ जित र एक हारको नतिजा निकालेको छ।
अन्तिमपटक सन् २०१५ मा मैत्रिपुर्ण खेलमा प्रतिस्पर्धा भएकामा ब्राजिल १-० गोलले विजयी भएको थियो। ब्राजिल सन् १९६६ यता विश्वकपमा पहिलो चरणबाटै बाहिरिएको छैन।