संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली पारित

काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि बनेको नियमावली संघीय संसदको संयुक्त बैठकबाट शुक्रबार पारित भएको छ । संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली आज बसेको राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकले पारित गरेको हो ।
नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोख्रेलले पेश गरेको नियमावलीमा समितिहरुमा समावेशी समानुपातिक प्रनिनिधित्व सुनिश्चित गर्ने व्यवस्था छ । नियमावलि मस्यौदामा सांसदहरू बिमला बिक, दुर्गा पौडेल र प्रेम सुवालले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
मस्यौदा समितिका सभापति पोख्रेलले समितिहरूमा महिला दलित जनजाति सबैको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्ने प्रावधान राख्न स्वीकार गरेपछि सांसद बिकले संशोधन प्रस्ताव फिर्ता लिइन्। सांसद दुर्गा पौडेल र प्रेम सुवालको संशोधन फिर्ता लिन अस्वीकृत भएका थिए ।
संसद नियमावली पारित