News खेल

ब्राजिलले इन्जुरी समयमा २ गाेल गर्दै कोस्टारिकालार्इ हरायाे

ब्राजिलले इन्जुरी समयमा २ गाेल गर्दै कोस्टारिकालार्इ हरायाे

मस्को । दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै विश्वकप दाबेदार मानिएको ब्राजिलले कोस्टारिकालाई २-० गोलले पराजित गरेकाे छ । समूहगत चरणको पहिलो खेलमा स्विजरल्यान्डविरुद्ध १-१ गोलको बराबरी खेलेको ब्राजिलले कोस्टारिकालार्इ पराजित गरेसँग विश्वकप फुटबलमा अाफूमाथिकाे ठुलो संकट  टारेको छ।


ब्राजिलको जितका लागि दोस्रो हाफको इन्जुरी समयमा कौटिन्हो र नेमारले एक एक गोल गरे । ब्राजिलका लागि खेलकाे ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न् ।

 

इन्जुरीवापत ६ मिनेट थपिएको थियो। पहिलो मिनेटमा मार्सेलोको लामो प्रहारपछि डिबक्सभित्र झरेको बल फिरमिनोले हेडमार्फत गाब्रियल जिससलाई दिएका थिए।

 

जिससले वन टचमै कौटिन्होलाई पास उपलब्ध गराएका थिए। कौटिन्होले सिक्स यार्ड सर्कलबाट प्रहार गरेको बल गोलरक्षक केलर नाभासको टाङमुनीबाट गोल भएको थियो। त्यसपछि अन्तिम मिनेटमा डगलस कोस्टाको क्रसलाई नेईमारले ट्यापिङ गर्दै गोल गरेका थिए। 


 ब्राजिलले प्रहार गरेका २० सटमा ९ सट पोस्टको दिशामा थिए । अन्तिम सयमसम्म कोस्टारिकाका गोलकिपर केलर नभासले उत्कृष्ट बचाउ गरेपनि कोउटिन्होलाई रोक्न सकेनन् ।

 

 समूह  ‘इ’मा ब्राजिल दुई खेलबाट चार अंक जोडेर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको सर्बियाको एक खेलबाट तीन अंक छ। स्विजरल्यान्डको एक खेलबाट एक अंक छ ।

ब्राजिल कोस्टारिका विश्वकप फुटबल

विशेष