सरकारलार्इ हेर्ने दृष्टिकोण बदल भन्दै काँग्रेसको भेला आज सकिँँदै

सरकारलार्इ हेर्ने दृष्टिकोण बदल भन्दै काँग्रेसको भेला आज सकिँँदै

काठमाडाैं । मकवानपुरको हेटौंडामा जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज हेटौंडा घोषणापत्र जारी गर्दै सकिने भएको छ । हिजो नै सबै जिल्लाका सभापतिहरुले बोल्ने क्रम सकिएकाले आज उनीहरुले उठाएका विषयहरुको केन्द्रीय पदाधिकारीहरुले जवाफ दिएर हेटौंडा घोषणापत्र जारी गर्दै भेला सकिने लागेको हो ।

 

असार ५ गतेबाट सुरु भएको जिल्ला सभापतहिरुको भेला आज दिउँसो १ बजेसम्म सक्ने तयारी गरिएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बता ।

 

घोषणापत्रमा सरकारप्रति कांग्रेसले हेर्ने दृष्टिकोण, बदलिएको संरचनाअनुसार विधानलाई परिमार्जन र संगठन कसरी सुदृढ गर्ने भन्ने विषय समावेश भएका छन् । यी विषय केन्द्रीय समितिमा प्रस्तावका रुपमा लगिने तयारी कांग्रेसको रहेको छ ।

 

काँग्रेस नेताहरु मिनेन्द्र रिजाल, रमेश लेखक लगायतले ९ बुदे घोषणापत्रको तयारी गर्नु भएको बताइएको छ । कांग्रेसका ७७ जिल्लाका सभापतिहरुको फिडब्याकको साझा दस्तावेजलाई केन्द्रीय समितिमा लगेर साझा धारणा बनाउने प्रयास गरिने प्रवक्ता शर्माले बताए ।

 

यसैगरी हेटौंडा भेलाले नै आगामी महासमिति बैठकको मिती र स्थानबारे पनि टुंगो लगाउने सम्भावना रहेको छ । कांग्रेसका जिल्ला सभापतिहरुले सरकार तानाशाही बन्दै गएको, कांग्रेसको नेतृत्व कमजोर हुन थालेको र कांग्रेसका भ्रातृ संस्थाहरुसमेत कमजोर देखिन थालेको औंल्याएका छन्।

 

हेटौंडास्थित पल्पसा हलमा सभापतिहरुको भेलाको समापन समारोहमा पार्टीका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली काँग्रेस घोषणापत्र जिल्ला सभापति

संम्बधित खबर

विशेष