News समाज प्रदेश ३

धरहरा निर्माणमा एक दर्जन कम्पनीको आवेदन

धरहरा निर्माणमा एक दर्जन कम्पनीको आवेदन

काठमाडौं । धरहरा निर्माणका लागि ६ वटा नेपाली निर्माण कम्पनीले आवेदन दिएका छन् । पुनःनिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि आव्हान गरेको ई–टेण्डरमा ६ वटा नेपाली कम्पनीले आवेदन दिएका हुन् । त्यसैगरी ६ वटै चिनियाँ कम्पनीको पनि आदेवन परेको छ । 

 

नेपाली र चिनियाँ कम्पनीको संयुक्त साझेदारीमा निर्माण गर्न लागिएको धरहरा निर्माणका लागि ज्वाइन्ट भेन्चरमा निर्माण गर्ने गरि ६र६ वटा नेपाली र चिनियाँ कम्पनीको आवेदन परेको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाको सहसचिव राजुमान मानन्धरले जानकारी दिए । 


आवेदन दिएका सबै कम्पनीको मूल्याँकन पछि सम्बन्धित कम्पनिलाई जानकारी गराएर एकसाता पछि ई–टेण्डर खोलिने पनि उनले जानकारी दिए । लिफ्ट सहितको २२ तले धरहरा बनाउनका लागि प्राधिकरणले आव्हान गरेको ई–टेण्डरको समय विहिबार सकिएको छ । रसुवा, कालिका कन्स्ट्रक्सनले संयुक्त रुपमा दरखास्त हालेका छन् । 

 

त्यसैगरी आशिष निर्माण , रमण र ब्राउन लगायतका कम्पनीले धरहरा निर्माणका लागि आवेदन दिएका हुन् । प्राधिकरणले असार मसान्तभित्र धरहरा निर्माणका लागि सिलन्यास गर्ने गरि दु्रत गतिमा काम अघि बढाईएको जनाएको छ ।

धरहरा निर्माण

विशेष