News अर्थ बैंकिङ प्रदेश ३

अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी नियुक्त  

अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी नियुक्त  

काठमाडौं । अनिल शाह नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने भएका छन्। उनी मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भएपछि नबिल बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए।
 

 

शशिन जोशीले नबिल बैंक छाडेपछि शाह बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्व गर्दै आएका थिए। एक बैंक छाडेर अर्को बैंकमा प्रमुख कार्यकारी अधिकृत हुन ६ महिना कुर्नु पर्ने नियामकीय प्रावधानका कारण उनलाई पूर्ण सिइओ बनाइएको थिएन। कुलिङ पिरियड सकिएपछि शाहलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको हो। 
 


शाह मेगा बैंक स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत थिए। मेगामा उनको दोस्रो कार्यकाल सकिएपछि सेञ्चुरी बैंकमा पनि अनुबन्धित भएका थिए। पछि सेवा सुविधा नमिलेपछि उनी नबिलमा डेपुटी सिइओका रुपमा आएका थिए।
 


बैंकर्स संघको पूर्व अध्यक्षसमेत रहेका शाहले १९९१ बाट बैंकिङ सुरु गरेका हुन्। नबिल बैंकमा इन्टरन गरेर स्ट्यान्डर्ड चार्टर्ड गएका उनले त्यहाँ १३ बर्ष विताए। खुद्र बैंकिङ सुरु गरेको जस शाहलाई जान्छ। त्यहाँबाट महाप्रबन्धकका रुपमा उनी नबिल बैंक भित्रिए।

 

नबिलमा प्रमुख कार्यकारी भएर उनले पाँच बर्ष बिताए। त्यसपछि उनी मेगा बैंक गएका थिए।  शाहलाई आगामी चार बर्षका लागि बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

अनिल शाह प्रमुख नियुक्त  

विशेष