News मुख्य समाचार

कांग्रेस जिल्ला सभापतिहरुको १९ बुँदे घोषणापत्र सार्वजनिक 

कांग्रेस जिल्ला सभापतिहरुको १९ बुँदे घोषणापत्र सार्वजनिक 

हेटौंडा । तीन दिनदेखि हेटौडामा चलेको काँग्रेस जिल्ला सभापतिहरूको भेला १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै शुक्रबार सकिएको छ । भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ ।  सरकारले जनविरोधी चरित्र देखाएको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने भेलाले चेतावनी दिएको छ । 

 

कम्युनिस्ट सरकारले सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओमाथि नियन्त्रणकारी रबैया अपनाएको भन्दै घोषणापत्रमा भनिएको छ, वर्तमान सरकार सर्वसत्तावाद उन्मुख रहेको प्रष्ट छ । जिल्ला सभापतिहरुको भेलाले लोकतान्त्रिक गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय गरेको छ ।

 

मूल्यबृद्धिबारे प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको र विद्यार्थीहरुको प्रदर्शनमा दमन भएको भन्दै कांग्रेसले यसलाई सरकारको जनविरोधी चरित्र भएको टिप्पणी गरेको  छ ।

 

हेटौंडा घोषणापत्रमा  कांग्रेस सुर्खेतको जिल्ला कार्यालयमा भएको प्रहरी हस्तक्षेपको घोर निन्दा गर्दै यस्ता घटना फेरि दोहोरिए सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ । 

काँग्रेस घोषणापत्र

विशेष