News व्यापार अर्थ कर्पोरेट समाज प्रदेश ५

चार महिनाभित्र नेपालगन्ज–दिल्ली सिधा उडानः पर्यटन मन्त्री

चार महिनाभित्र नेपालगन्ज–दिल्ली सिधा उडानः पर्यटन मन्त्री

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले अबको चार महिनाभित्र नेपागन्जबाट भारतको नयाँ दिल्लीमा सिधा उडान हुने बताएका छन्। व्यवस्थापिका संसदमा विनियोजन विधेयकको दफावार छफलमा उठेका प्रश्नको उत्तर दिनेक्रममा उनले भारतले हवाई रुट दिने सहमति जनाएसँगै ढिलोमा चार महिनाभित्र सिधा उडान हुने जानकारी दिए।

 

गएको हप्तामात्र भारतले नेपालगन्ज, महेन्द्रनगर, जनकपुर र बिराटनगरबाट न्यून उचाईमा उड्ने जहाजको लागि हवाई प्रवेश विन्दु उपलब्ध गराउन ससहमत भएको थियो।  विगत लामो समयदेखि प्राविधिक तहमा छलफल नहुँदा नेपालले माग गरेका रुट पाउन नसकेको तर सरकारको पहलमा बैठक बसेर सहमति भएको उनले बताए।

 

‘हामीलाई आवश्यक रुट दिन भारत सहमति भएको छ पहिलो चरणमा सिमापार उडानका लागि आवश्यक रुट उपलब्ध हुने छन् भने दोस्रो चरणमा उचाईमा उड्ने जहाजका लागि आवश्यक रुट उपलब्ध हुने छन्’ उनले संसदमा भने, ‘यसबाट हवाई सम्पर्कमा बृद्धि हुने छ।’

 

अबको ३ महिनाभित्र विमानस्थलमा चाहिने आवश्यक पूर्वाधार निर्माण गरिसक्ने उनको भनाइ छ। नेपालगन्जबाट उडानको लागि बुद्ध एयरलाई स्वीकृतिको प्रक्रिया पनि अगाडि बढाइएको उनले जानकारी दिए।

 

त्यस्तै निर्माणाधीन विमानस्थलमा उडानका लागि नेपालगन्ज, महेन्द्रनगर र जनकपुरका रुटमा भारतले सेप्टेम्बरसम्म राय दिन सहमत भएकोले त्यो पनि छिट्टै हुने उनले संसदलाई जानकारी गराए। मन्त्री अधिकारीले जापानसँगको द्विपक्षीय हवाई सम्झौता पुनरावलोकनले जापानमा रहेका नेपाली र पर्यटकलाई सहज हुने विश्वास जनाए। 

 

गएको साता पुनरावलोकन भएको उक्त सम्झौता अनुसार नेपाल जापानबीच सातामा १४ उडान हुने व्यवस्था छ। यसअघि २ मात्र उडान हुने व्यवस्था रहेकोमा अब नेपाली एयरलाइन्सले फिफ्थ अफ फ्लाइट पनि पाउने छ।

नेपालगन्ज–दिल्ली उडान

विशेष