News खेल मुख्य समाचार

अाजकाे पहिलाे खेलमा बेल्जियम र ट्युनिसिया भिड्दै

अाजकाे पहिलाे खेलमा बेल्जियम र ट्युनिसिया भिड्दै

मस्काे । विश्वकपमा समूह चरणका अन्तरगतकाे अाफ्नाे दोस्रो खेलमा बेल्जियम र ट्युनिसियाबीच प्रतिस्पर्धा हुँदैछ । अाफ्नाे पहिलो खेलमा पहिलो पटक विश्वकप खेलेको पानामालाई ३–० ले पराजित गर्दै सान्दार प्रदर्शन गरेकाे थियाे बेल्जियमले ।  ऊ जीतको निरन्तरतासहित मैदानमा आउने छ। 

यो खेल जितेमा समूहको एक खेलअघि नै नकआउट चरणमा पुग्ने छ। बेल्जियमका लुकाकु पहिलो खेलमा नायक भएका थिए। पानामाविरुद्ध उनले दुई गोल गरेका थिए। ट्युनिसिया इङ्ल्याण्डलाई कडा टक्कर दिएको टिम हो, भलै ऊ पहिलो खेलमा पराजित भयो। निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी खेलेको ट्युनिसियाले अतिरिक्त समयमा गोल खान पुगेको थियो।

 

आजको खेलमा ट्युनिसिया पहिलो अंकको खोजीमा हुने छ । आज पराजित भएमा ट्युनिसियाको अघिल्लो चरणको सम्भावना सकिने छ। त्यसले पनि ऊसँग जितको विकल्प छैन। ट्युनिसियाको तुलनामा बेल्जियम बलियाे टिम बनिएकाे छ ।

 

बेल्जियम

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुस विश्वकपअघि निकालेको बरियतामा बेल्जियम तेस्रो स्थानमा छ। बेल्जियमको यो विश्वकपमा १३ औँ सहभागिता हो। उसले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो।

 

विश्वकपमा समूह चरणका पछिल्ला ९ खेलमा बेल्जियम अपराजित छ। त्यसमा पनि पछिल्ला चार खेलमा त उसले जित निकालेको छ। उसले पछिल्ला सात विश्वकपमा ६ पटक कम्तिमा अन्तिम १६ मा स्थान बनाएको छ। सन् १९९८ मा भने ऊ समूह चरणबाटै बाहिरिएको थियो।

 

बेल्जियमले विश्वकपमा आफ्नो पहिलो खेलको कुरा गर्दा पछिल्ला ९ विश्वकप मध्ये उसले आफ्नो पहिलो खेलमा एक पटक मात्रै हार बेहोरेको छ। उसले अहिलेसम्म पहिलो खेल हारेको भनेको सन् १९८६ मा मेक्सिकोसँग हो।

 

बेल्जियमले सन् १९७० यता विश्वकपको पहिलो खेलमा दुई भन्दा बढी गोल गरेको छैन।  उसले सन् १९७० को पहिलो खेलमा एल साल्भाडोरलाई ३–० ले हराएको थियो।

 

ट्युनिसिया

विश्वकपमा ट्युनिसियाको यो पाँचौँ सहभागिता हो। यसअघिका चार सहभागितामा उसले समूह चरण पार गर्न सकेको छैन । पछिल्लो पटक उसले सन् २००६ मा विश्वकप खेलेको थियो।

 

उसले विश्वकपमा खेलेका १२ मध्ये ११ खेलमा जित निकाल्न सकेको छैन। उसले जितेको भनेको सन् १९७८ मा मेक्सिको विरुद्ध हो । यो नै उसले अहिलेसम्म विश्वकपमा दर्ता गरेको जित हो। अफ्रिकी देशले विश्वकपमा निकालेको त्याे पहिलो जित पनि थियो।

 

ट्युनिसियाले अहिलेसम्म खेलेका १२ खेलमा गोल नखाएको भनेको एउटा मात्रै खेल छ। उसले सन् १९७८ को विश्वकपमा पश्चिम जर्मनीसँग गोलरहित बराबरी खेलेको थियो।

 

तर उसले यसपटकको विश्वकप छनाेटमा कुनै पनि खेल हारेन र मात्रै चार गोल खायो। फिफा बरियतामा २१ औँ स्थानमा रहेको ट्युनिसिया अफ्रिकी देशमा सबैभन्दा अघि रहेको छ।

विश्वकप फुटबवल बेल्जियम ट्युनिसिया

विशेष