दक्षिण कोरियाका पूर्वप्रधानमन्त्रीको निधन
सोल । दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री तथा चर्चित गुप्तचर संस्थाका संस्थापक किम जोङ पिलको निधन भएको छ। राजधानी सोलमा शनिबार ९२ बर्षको उमेरमा उनको निधन भएको उनका सहयोगीहरुले जनाएका छन्।
दक्षिण कोरियाको अनुदारवादी राजनीतिका शिर्ष चर्चित नेताका रुपमा पिललाई लिने गरिन्छ। पूर्वराष्ट्रपति द्धय किम योङ साम र किम डाय जुङसँगै सन् १९८० र १९९० को देशकमा उहाँले मुलुकका लागि ठूलो योगदान गरेका थिए।
त्यस समयलाई “तीन किम” को समयका रुपमा पनि लिइन्थ्यो । सैन्य तानाशाह चु डु ह्वानले शक्तिमा आएपछि सन् १९८० देखि १९८७ सम्म ती तीनै जनालाई राजनीतिबाट प्रतिवन्ध लगाएका थिए ।
शनिबार देहत्याग गर्नु भएका किमले सन् १९६१ बाट राजनीतिक जीवन सुरु गरेका थिए। उनी सन् १९७१ देखि ७५ सम्म र १९९८ देखि २००० सम्म गरी दुई पटक दक्षिण कोरियाको प्रधानमन्त्री बनेका थिए।