एसईईकाे नतिजा सार्वजनिक, यसरी सकिनेछ हेर्न
काठमाडौँ । मध्यमिक शिक्षा परीक्षा (एसईई) २०७४ को नतिजा शनिबार साँझ प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको एसर्इर्इकाे नतिजा शनिबार साँझ साढे सात बजे प्रकाशित गरेको हो।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले शनिबार साढे सात बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेका हुन्। २०७४ को एसईई परीक्षामा ७७ जिल्लाका १ हजार ९ सय ५६ केन्द्रबाट ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले परिक्षा दिएका थिए।
जसमध्य परीक्षामा नियमिततर्फ ४ लाख ५१ हजार ५ सय ३२ परीक्षार्थी सहभागी भएका थिए । उनीहरू मध्ये ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १ सय ३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५ सय १२ छन् ।
यस्तै ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८ सय ७०, ‘सी’ ल्याउने १ लाख १ हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५ सय ८४ र ‘डी’ ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन् ।
एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ । नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।