News खेल मुख्य समाचार

ट्युनिसियामाथि बेल्जियमको सानदार जित

ट्युनिसियामाथि बेल्जियमको सानदार जित

मस्काे । विश्वकप २०१८ अन्तरगत समूहको अाफ्नाे दोस्रो खेलमा शनिबार बेल्जियमले ट्युनिसियामाथि ५–२ गोलको सहज जित निकालेकाे छ । याे जितसँत समूहको एक खेल बाँकी हुँदै बेल्जियम लगभग नकआउट चरणमा प्रवेश गरेको छ ।


। ट्युनिसिया लगातारकाे हारकान कारणा समूहचरणबाटै बाहिरिने लगभग पक्का भएकाे छ । बेल्जियमकाे सहज जितकालार्इ इडन हाजार्ड र रोमेलु लुकाकुले २/२ गोल गरे भने मिची बात्स्वीले १ गोल गरे ।  

 

खेलको १६ औं मिनेटमै २–० को अग्रता बनाएको बेल्जियमले पहिलो हाफको अन्तिममा लुकाकुको गोलमा ३–१ को स्थितिमा पुर्‍यायो । ११ औं मिनेटमा इडन हाजार्डले पेनाल्टि मार्फत गोल गर्दै अग्रता दिएका थिए । त्यसको ५ मिनेट पछि लुकाकुले अग्रता दोब्बर पारे ।

 

तर १८ औं मिनेटमा ट्युनिसियाले अग्रता घटायो । ट्युनिसियाका लागि डिलान ब्रोनले गोल गरे । पहिलो हाफको अतिरिक्त समयको तेश्रो मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ३–१ को अग्रता दिलाए । दोश्रो हाफको सुरुमै फेरि बेल्जियमले २ गोल थप्यो । 


कप्तान हाजार्डले ५१ औं मिनेटमा गोल गरेका हुन् । मिची बात्स्वीले ९० औं मिनेटमा १ गोल गरे । मिची बात्स्वीले ९० औं मिनेटमा १ गोल गरे । ट्युनिसियाका लागि अतिरिक्त समयको तेश्रो मिनेटमा हवि खज्रिले गोल गर्दै ५–२ को अवस्थामा पुर्‍याए ।

विश्वकप फुटबल बेल्जियम ट्युनिसिया

विशेष