News अपराध सुरक्षा मुख्य समाचार

३३ किलो सुन तस्करी प्रकरणः व्यापारी सञ्‍जय खेतान पनि पक्राउ

३३ किलो सुन तस्करी प्रकरणः व्यापारी सञ्‍जय खेतान पनि पक्राउ

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा विमल पोद्दार समूहमा संलग्न व्यापारी सञ्जय खेतान पक्राउ परेका छन् । सुन तस्करीको अनुसन्धानका लागि गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानविन समितिले शनिबार व्यापारी खेतानलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

 

 केही दिनअघि पक्राउ परेका विमल पोद्दार समुहमा खेतान पनि रहेर  पाइएकाे छ । छानविन समिती स्रोतका अनुसार सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसँग खेतान निरन्तर सम्पर्कमा थिए । शनिबार बिहान भारत जान लागेका खेतानलार्इ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।


समिति स्रोतका अनुसार खेतानले अवैध सुनमा लगानी समेत गर्ने र सुन खरिदकर्ता समेत खोज्ने काम गर्थे। उनी मोहन अग्रवालका व्यपारिक पार्टनर हुन् । खेतानलार्इ नियन्‍त्रणमा लिएसँगै सुन तस्करीको माथिल्लो कनेक्सन पत्ता लगाउन सकिने छानबिन समितिका दाबी छ ।

 

गत हप्ता विमल पोदार, अकबर शाह, डब्बु भनिने इम्तियाज अलीलार्इ पक्राउ गरेको थियो । उनीहरु हुण्डी तथा तस्करीमा संलग्न भएको खुलासा भएको छ ।  प्रारम्भिक बयानका क्रममा शाहले पछिल्लो ३३ किलो सुन तस्करीमा आफू असंलग्न रहेको तर यसअघी छिरीङसँग मिलेर अबैध सुनको कारोवार गरेको बयान दिएका छन् ।

सुन तस्करी प्रकरण

विशेष