News समाज

काल बन्दै ट्रिपर, अस्पताल पुर्‍याउन नपाइ घाइतेको निधन

काल बन्दै ट्रिपर, अस्पताल पुर्‍याउन नपाइ घाइतेको निधन

काठमाडाैं । चाँगुनारायण–३ का २६ वर्षीय राकेश खाइजू शुक्रबार बा. ८२ प ८४७३ को स्कुटर चढेर कमल विनायकबाट ब्यासीतर्फ आउँदै थिए । पछाडि आउँदै गरेको बा.१ क ३५५९ को ट्रिपरले स्कुटरलाई ठक्कर दियो । उनी स्कुटरबाट उछिट्टिएर सडकमा पछारिए । उपचारका लागि नजिकैको इवामुरा अस्पताल त लगियो तर, बाँचेनन् ।

 

३० जेठमा जडिबुटीमा बनेपाकी २४ वर्षीय अस्मिता भण्डारी चढेको बा. ७० प ९३९९ नम्बरको स्कुटरलाई बा.४ ख ३५५८ नम्बरको ट्रिपरले ठक्कर दियो । भण्डारी स्कुटरबाट सडकमा पछारिइन् । उपचारका लागि बी एन्ड बी अस्पताल पु-याइयो । तर, उनी पनि बाँचिनन् । 

 

९ जेठमा काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.३ख. ६६७४ नम्बरको ट्रिपरले बा. ५६ प.१२२७ नम्बरको स्कुटरलाई ठक्कर दियो । स्कुटरमा सवार दोलखाको मेलुङ–६ का ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अवीन्द्र घिमिरे सडकमै पछारिए । गम्भीर घाइते उनीहरूलाई उपचारका लागि अस्पताल लग्नै पाइएन । घटनास्थलमै मृत्यु भयो ।

 

यी त महिना दिनयता ट्रिपरको ठक्करले ज्यान गुमाएका केही प्रतिनिधि दुर्घटना मात्रै हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार, ट्रिपरबाट मात्रै उपत्यकाभित्र दैनिक चारवटा दुर्घटना हुन्छन् । उपत्यकाभित्र हुने सडक दुर्घटनाको यो झन्डै १४ प्रतिशत हो । उपत्यकाभित्र प्रत्येक दिन २८ वटा सडक दुर्घटना हुने गरेका छन् । नयाँ पत्रिकामा समाचार छ ।

ट्रिपर

विशेष