News मुख्य समाचार समाज

आज दिउँसाे ४ बजे एसईई नतिजा अाउँदै

आज दिउँसाे ४ बजे एसईई नतिजा अाउँदै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । 

 

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिए।


शनिबार दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ। ४ बजे पत्रकार सम्मेलन राखिएको छ।


गतवर्षकाे एसईईपरीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए।

राष्ट्रिय परीक्षा बोर्ड एसईई नतिजा

विशेष