News मुख्य समाचार

सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगायाे कडा प्रतिवाद गर्छुः डा. केसी

सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगायाे कडा प्रतिवाद गर्छुः डा. केसी

काठमाडौँ । डा.गोविन्द केसीले सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको गम्भिर आरोप लगाउँदै सरकारको गैरप्रजातान्त्रिक कदमविरुद्ध आन्दोलन सशक्त पार्ने चेतावनी दिएका छन् ।

 

अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि शनिबार राजधानीको माईतीघर मण्डलामा गरिएको प्रर्दशनमा उनले प्रजातन्त्रविरुद्धको सरकारी निर्णयको कडा प्रतिवाद गर्ने बताएका हुन् ।

 

प्रजातन्त्रको मुख्य मर्म नै वाक र अभिव्यक्ति स्वतन्त्रता रहेको भन्दै उनले माईतीघर मण्डलालगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले प्रजातन्त्रमाथि आक्रमण गरेको दाबी गरे । ‘गैरप्रजातान्त्रिक काम हुन दिँदैनौँ,’ उनले उद्घोष गरे ।

 

 

समाजवाद उन्मुख संविधान, गणतान्त्रिक मुलुक र समाजवाद, साम्यवादी उन्मुख दलहरू भनिएपछि व्यवहारमा त्यसो नभएको उनको तर्क थियो । शिक्षा र स्वास्थयमा चरम व्यवसायीकरण भएको भन्दै त्यसमा नेताहरूकै संलग्नता रहेको आरोप पनि उनले लगाए ।

 

डाक्टर केसीको नेतृत्वमा मण्डलामा भेला भएका उनका समर्थकहरूले बालकृष्ण ढुंगेलको माफी रद्द गर व्यक्ति हत्याको हत्या राजनीति बन्द गर, चिकित्सा शिक्षा आयोगको प्रतिस्थापन विधेयक यथास्थितिमा तुरुन्त पारित गर , गंगामायाको माग पुरा गर, अपराधीलाई गिरफ्तार गर,  गुणस्तरीय र निशुल्क शिक्षामा सबैको सहज पहुँचको सुनिश्ति गर भन्ने नारा लेखिएका प्ले कार्ड लिएका थिए ।

डा.गोविन्द केसी सरकार अभिव्यक्ति स्वतन्त्रता अंकुश

विशेष