News मुख्य समाचार

तनाव कम गर्न देउवा सौराहामा आराम गर्दै

तनाव कम गर्न देउवा सौराहामा आराम गर्दै

 
चितवन ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन् । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलामा पार्टी नेतृत्वको तीव्र आलोचना भएपछि देउवा तनाव कम गर्न सौराहा पुगेका हुन ।

 

उनी गतएको शुक्रबारदेखि सौराहामा रहेको होटल सेभेन स्टारमा बसिरहेका छन् । देउवाका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उनले भेटघाट गरेका छैनन् । 

 

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा रहेका देउवा तनाव कम गर्न एक्लै आराम गरिरहेको बुझिएकाे छ ।

 

प्रदेश सांसद मिलनबाबु श्रेष्ठका अनुसार देउवा आराम गर्नकै लागि सौराहामा अाएका हुन् । शनिबार काठमाडौ‌ं फर्किने भनिए पनि उनी अझै काठमाडौं फर्किएका छैनन् । 

तनाव सौराहा शेरबहादुर देउवा

विशेष