News अर्थ अपराध सुरक्षा

२ करोड ठगीको आरोपमा ‘नागराज’ पक्राउ

२ करोड ठगीको आरोपमा ‘नागराज’ पक्राउ

काठमाडौ । सन् २०१८ अप्रिलदेखि मेसम्म भारतमा चलेको इन्डियन प्रिमियर लिग (आइपीएल) का बेला सट्टेबाजी गरी २ करोड ठगेको आरोपमा जनकपुर उपमहानगरपालिका ३ का नागराज भन्ने अमृत अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।

 

भारतमा आइपिएल चलिरहेका बेला उनले महोत्तरी मनरासिसुवा नगरपालिकाका राकेश सिंह लगायतसँग २ करोड रुपैयाँ उठाएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजी गर्न पैसा राखेपछि आफ्नो टिमले जिते ३ महिनामा दोब्बर हुने र हारे पैसा फिर्ता हुने प्रलोभन देखाएर सिंह लगायतसँग पैसा उठाएका थिए। पैसा उठाएर सम्पर्कविहीन भएपछि उनी विरुद्ध प्रहरीमा उजुरी परेको थियो। प्रहरीले नागराजलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो।

ठगी पक्राउ

विशेष