News राजनीति

अाेली सरकारकाे भण्डाफोर गर्न उत्रियाे तरुण दल

अाेली सरकारकाे भण्डाफोर गर्न उत्रियाे तरुण दल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले नेकपा नेतृत्वको सरकारले गरेका गलत निर्णयको विरोधमा भण्डाफोर कार्यक्रम गर्ने भएको छ । तरुण दलले असार १३ गते काठमाडौंको रत्नपार्कमा सरकारविरुद्ध भण्डाफोर कार्यक्रम गर्न लागेको हो ।

 

कार्यक्रम दिउँसो २ बजे शुरु हुने  तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले बताए । तरुण दलका नेताहरूले सम्बोधन गर्ने भण्डाफोर कार्यक्रममा चर्चित कलाकारहरु, कवि, साहित्यकार, नागरिक समाजका अगुवाहरूको पनि उपस्थिति रहने छ ।


 
केन्द्रीय कार्यसमितिको निर्णय अनुसार देशैभरी प्रशिक्षण अभियान सम्पन्न गरेको तरुण दलले संगठनलाई थप मजबुत र सशक्त बनाउन सञ्चालन गरिरहेको अभियान अन्तरगत असार १३ गते भण्डाफोर कार्यक्रम आयोजना गरिन लागेको महासचिव शाहीले बताए । 

 

मूल्यवुद्धि, अदालतको अपहेलना, प्रेसमाथिको हस्तक्षेप गरेकाे भन्दै सरकारको निरंकुश चरित्रको भणडाफोर गर्न देशैभरी विरोध सभा आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

 

तरुण दलले असार महिनालाई ‘‘युवा संवाद नागरिक सद्भाव’’ अभियानका रुपमा मनाइ रहेको छ । संगठनलाई थप मजबुत र सशक्त बनाउन तरुण दलले असार महिनामा देशैभरी ‘‘युवा संवाद नागरिक सद्भाव’’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको बताएको छ ।

 

अभियान अन्तर्गत तरुण दलले असार १५ गते किसानहरूलाई साथ दिन सबै तरुणहरु तरुण दलको झण्डा बोकेर खेत–खेतमा धान रोपाइमा सहभागी हुने कार्यक्रम यसअघि नै तय गरेको थियो । 

तरुण दल अाेली सरकार भण्डाफोर

विशेष