News खेल

ह्यारी केन बने विश्वकपमा ह्याट्रिक गर्ने तेस्राे इंग्लिस फुटबलर

केनले रोनाल्डो र लुकाकुलाई पछि पारे

ह्यारी केन बने विश्वकपमा ह्याट्रिक गर्ने तेस्राे इंग्लिस फुटबलर

मस्काे । रसियामा जारी विश्वकपमा पानामाविरुद्ध ह्याट्रिक गोल गर्दै इंग्ल्यान्डका कप्तान ह्यारी केन सर्वाधिक गोलकर्ता बनेका छन् । समूह चरणको  अाफ्नाे दाेस्राे खेलमा केन ह्याट्रिक गरेका हुन्। यसअघि स्पेनविरुद्ध पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

 

पानामाविरुद्ध इंग्ल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरको जित दिलाएका ह्यारीले जारी विश्वकपमा ५ गोल गरेका छन् । पहिलो खेलमा ट्युनिसियाविरुद्ध २ गोल गरेका केनले पानामाविरुद्ध भने ह्याट्रिक गोल गर्न सफल भए ।

 

 योसँगै केन जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन्।  यसअघि रसिया विश्वकपमा व्यतिmगत ४—४ गोल गर्ने खेलाडीका रुपमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो  र बेल्जियमका रोमेलु लुकाकु थिए ।

 

शनिबार भएको बेल्जियम र ट्युनिसियाबीचको खेलमा बेल्जियमका लुकाकुले २ गोल गर्दैै रोनाल्डोलाई भेटाएका थिए । केन विश्वकपमा ह्याट्रिक गर्ने तेस्रा इंग्लिस खेलाडी बने। इंग्ल्यान्डले विश्वकपमा ३२ वर्षपछि ह्याट्रिक गरेका हो।

 

यसअघि इंल्यान्डका लागि विश्वकपमा जिओफ हस्ट्ले सन् १९६६ मा जर्मनी विरुद्ध र ग्यारी लिनेकरले सन् १९८६ मा पोल्यान्ड विरुद्ध ह्याट्रिक गरेका थिए। कप्तान केनलाई विश्वकपको गोल्डेन बुटको दाबेदारको रुपमा हेरिएको छ ।

ह्याट्रिक विश्वकप ह्यारी केन

विशेष