प्रमुख सहरसँग जोडिएका ५ राजमार्ग पहिरोको उच्च जोखिममा
सरकारले राजधानीलगायत देशका प्रमुख सहरसँग जोडिएका पाँचवटा राजमार्ग पहिरोको उच्च जोखिममा रहेको जनाएको छ ।
देशभर मनसुन सक्रिय हुनै लाग्दा सरकारले त्रिभुवन, पृथ्वी, अरनिको सिद्धार्थ बुटवल पोखरा र नारायणगढ मुग्लिन सडकलाई पहिरोको उच्च जोखि सुचीमा राख्दै तत्काल अवरोध हटाउन सक्ने गरी तयारी गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई दिर्नेशन दिएको हो ।
गृह मन्त्रालयलय हालै सार्वजनिक गरेको विपद् जोखिम न्युनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१७, २०३० मा मुख्य राजमार्गहरु पहिरोको उच्च जोखिममा रहेको औल्याएको छ । आजकोकान्तिपुरमा पहिलो पृष्ठमा यो खबर छापिएको छ ।