News प्रवास

कुवेतमा मदिरा बनाउँछन् नेपाली

कुवेतमा मदिरा बनाउँछन् नेपाली

काठमाडौं  । कुवेतमा अपराध गर्ने विदेशीको सूचीमा नेपाली समुदाय ‘अन्य’मा पर्छ । कुवेतको आन्तरिक मन्त्रालयको प्रतिवेदनअनुसार सन् २०१७ मा १० हजार ९ सय २९ वटा अपराधजन्य घटना भएका थिए ।

 

जसमा सबैभन्दा बढी इजिप्सियन (२ हजार ६ सय २१), दोस्रोमा बेडोइन क्षेत्रका (१८ सय ३), तेस्रोमा भारतीय( ११ सय ३१), चौथोमा सिरियन(एक हजार ६) र पाँचौंमा साउदी(८ सय ६) नागरिक अपराध घटनामा संलग्न छन् ।

 

‘इमान्दार’को छवि बोकेका नेपाली कामदारलाई पछिल्लो समय एउटा दाग लागेको छ, ‘यीनिहरु रक्सी बनाउने र बेच्ने गर्छन् ।’

 

अपार्टमेन्ट भाडामा लिएर बसेका एक नेपालीले दिएको जानकारी अनुसार कोठाकोठामा जाँडरक्सी उत्पादन हुन्छ । ‘थोरै परिणाममा कोठामै बन्छ, ठूलो परिणाममा भने सिंगो भिल्ला लिएर उत्पादन हुन्छ ।’

 

गत साता मात्रै कुवेत प्रहरीले साद अल–अब्दुल्लाह क्षेत्रमा नेपालीको मदिरा भट्टी फेला पारेको थियो ।  त्यसमा तीन महिलासहित ६ नेपाली पक्राउ परे भने २ सय ५० ब्यारेल मदिरा बरामद भयो । -कान्तिपुर दैनिकबाट

अपराध रक्सी

विशेष