News समाज

अब ट्याक्सी व्यवसायीले तीन ठाउँमा नम्बर प्लेट राख्नुपर्ने

अब ट्याक्सी व्यवसायीले तीन ठाउँमा नम्बर प्लेट राख्नुपर्ने

काठमाडाैं । सार्वजनिक यातायात व्यवसायमा देखिएको सिन्डिकेट तोड्न आक्रामक रूपमा प्रस्तुत भएको सरकारले अबदेखि ट्याक्सीहरूले तीन ठाउँमा नम्बर प्लेट राख्नुपर्ने नयाँ नियम ल्याएको छ ।


ट्याक्सीमा सवार यात्रुका कुनै पनि सामान छुटे नम्बर याद गर्न सजिलो होस् भनी यात्रुले प्रस्ट देख्ने गरी भित्र पनि अनिवार्य रूपमा नम्बर प्लेट टास्नुपर्ने नयाँ नियम लागू गरिएको हो । यसअघि भाडाका ट्याक्सीमा अगाडि पछाडि मात्र नम्बर राखिँदै आएको थियो । बाहिरको नम्बर सोही ट्याक्सीमा सवार यात्रुले राम्रोसित नसम्झिने भएकाले यात्रुलाई भित्र बसेकै ठाउँबाट पनि थप जानकारी होस् भन्ने उद्देश्यले सरकारले यस्तो नयाँ नियम ल्याएको हो ।

 

 यसैगरी, केही वर्षअघि हरेक ट्याक्सी व्यवसायीले अनिवार्य मिटरमा उठेको बिल तत्काल यात्रुलाई प्रिन्ट गरी दिनुपर्ने व्यवस्था गरे पनि अझै त्यो व्यवस्था प्रभावकारी नभएकाले अहिले सरकारले पुःन यस्तो नयाँ नियम ल्याएको हो । यस नयाँ नियमले हाल ट्याक्सी सञ्चालन व्यवसायमा देखिको समस्यामा थप सुधार आउने अपेक्षा गरिएको छ ।

 

यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न सात किसिमका कसुरमा जरिमाना बढाएर १ हजार रुपैयाँ पु¥याइएको छ । सिट क्षमताभन्दा धेरै यात्रु राखेमा, सार्वजनिक यातायातमा तोकिएबमोजिम सिट सुरक्षित नराखेमा, पटके इजाजत नलिई सवारी चलाएमा, सार्वजनिक सवारीमा धुम्रमान गरेमा, हर्न बजाउन नपाउने ठाउँमा हर्न बजाएमा, तीव्र गतिले सवारी चलाएमा र दुर्घटना गरी फरार भएमा १ हजार रुपैयाँ जरिमाना हुने महाशाखाका निमित्त प्रमुख एसएसपी वसन्त पन्तले जानकारी दिए । यातायात व्यवस्था विभागले आफूहरूलाई १ हजार रुपैयाँसम्म जरिमाना लिन पाउने अधिकार दिएकाले सोहीअनुसार जरिमाना दस्तुर बढाइएको उनले बताए ।

सार्वजनिक यातायात सिन्डिकेट ट्याक्सी नम्बर प्लेट

विशेष