News मनोरञ्जन कला साहित्य प्रदेश ३

कविता महोत्सवमा फूलमान प्रथम

कविता महोत्सवमा फूलमान प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव–२०७५ मा कवि फूलमान बल प्रथम भएका छन् । बलको ‘इन्द्रेणीको गीत’  शिर्षकको कविताले प्रथम पुरस्कार प्राप्त गरेको हो । 

 

त्यसैगरी द्धितीय पुरस्कार सुनिता खनालको ‘श्याश्वेत फोटो’, तृतीय पुरस्कार एलिना दुलालको‘लाहुरेकी स्वास्नी’, जीवन खत्रीको ‘एउटा अर्को प्यास’, र मेनुका चापागाईंको‘बिराएछु बाटो’ कविताले प्राप्त गरेका छन् । 

 

प्रतिष्ठानले ६१ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरेको महोत्सवमा कविता वाचनको लागि ३६ जना कविहरू छनौटमा परेका थिए ।  छनौटमा परेकाकविमध्येबाट ५ जना कविले प्रथम, द्धितीय र तृतीय पुरस्कार प्राप्त गरेका हुन् । 

 


प्रथम हुने कवि फूलमान बलको ‘महाभारतकी मैच्याङ’ कवितासंग्रह प्रकाशित भने द्धितिय हुने कवि सुनिता खनालको‘ ओ ! नायक’ कवितासंग्रह प्रकाशित छ । वि.स २०२२ सालदेखि वार्षिकोत्सवको अवसर पारेर प्रतिष्ठानले हरेक वर्ष असार ९ गते कविता महोत्सव आयोजना गर्दै आइरहेको छ । 


 

कविता महोत्सव

विशेष