एक घण्टामा १२१७ दशमलव २६ विन्दुमा नेप्से

काठमाडौं । । साताको पहिलो दिन नेप्से कारोबार भएको पहिलो एक घण्टाको अवधिमा १ दशमलव २० अङ्कले घटेर १ हजार २ सय १७ दशमलव २६ विन्दुमा पुगेको छ ।
कारोबार भएको १० मिनेटसम्म बढेको बजार त्यसपछि शून्य दशमलव १० प्रतिशतले घटेको छ । कारोबार भएका सात समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घट्न पुगेको हो ।
कारोबार भएका ७८ कम्पनीको २ करोड ९७ लाख बराबरको शेयर कारोबार भएको छ । ओम डेभलपमेण्ट बैङ्कको प्रतिकित्ता १ सय ७५ मा १२ करोड बराबरको सर्वाधिक शेयर कारोबार भएको छ ।
नेप्से