News अर्थ कर्पोरेट देश प्रदेश ३

नाडेप लघुवित्तको आईपीओ आजदेखि खुला

नाडेप लघुवित्तको आईपीओ आजदेखि खुला

काठमाडौ । नाडेप लघुवित्त वित्तीय संस्थाको आईपीओ असार १० गतेदेखि खुला भएको छ । कम्पनीले ४ लाख ८० हजार कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारीको लागि र सामुहिक लगानी कोषको लागि २४ हजार कित्ता र बाँकी रहेको ४ लाख ३२ हजार कित्ता सर्वसाधारणको लागि रहेको छ ।

 

 आईपीओको बन्द मिति छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म रहेको छ । यस आईपीओमा न्यूनतम २० कित्ता र अधिकतम २ हजार ४ सय कित्ताको लागि आवेदन दिनुपर्नेछ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेड र धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

आईपीओ खुला

विशेष