News

शहीद परिवारका समस्यामाथि ध्यान दिन गृहमन्त्रीलाई सांसदकाे ध्यानाकर्षण

शहीद परिवारका समस्यामाथि ध्यान दिन गृहमन्त्रीलाई  सांसदकाे ध्यानाकर्षण

काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ । 

 

छलफलमा सहभागी सांसदहरुले ३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न र शहीद तथा बेपत्ता परिवारका समस्यामाथि ध्यान दिन गृहमन्त्रीलाई ध्यानाकर्षण गरे । 

 

डोल्पामा सडक बनाउन, कञ्चनपुरमा सिँचाइ र तटबन्धका कार्यक्रम सञ्चालन गर्न र ‘सिन्डिकेट’लाई पूर्णरुपमा अन्त्य गरी यातायात क्षेत्रलाई व्यवस्थित बनाउन बजेटको व्यवस्था गर्न पनि उनीहरूले माग गरे ।

 

आजको छलफलमा सांसदहरू रामबहादुर विष्ट, सरलाकुमारी यादव, नरबहादुर धामी, पद्म गिरी, कृष्णप्रसाद दाहाल, विमला विक, राजेन्द्र लिङदेन, मनकुमारी जिसी र दुर्गाकुमारी विश्वकर्माले भाग लिएका थिए । रासस
 

प्रतिनिधिसभा

विशेष