मित्रराष्ट्र भारतले सानो राष्ट्र माल्दिभ्सविरुद्ध लगायो नाकाबन्दी
काठमाडौं । माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ । दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामाग्रीको परिणम कटौती गरी अघोषित नाकाबन्दी गरेको छ।
भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेडले माल्दिभ्स निर्यात गर्दै आएको धान, आलु, प्याज र दाल निर्यातमा आधा भन्दा बढी कटौती गरेको बिजनेस स्टान्डर्ड पत्रिकाले उल्लेख गरेको छ ।
नागरिक दैनिकबाट