News

अशंवण्डा विवादको कारण बाबुले गरे छोराको हत्या

अशंवण्डा विवादको कारण बाबुले गरे छोराको हत्या

काठमाडाैं । अशंवण्डाको विवादको कारण कपिलबस्तुमा बाबुले छोराको हत्या गरेका छन् । यसोधरा गाउँपालिका–३, हरदेवा गाउँमा  ७२ वर्षका बुबा मोहन बरइले ५० वर्षका छोरा तीरथ बराइलाई कोदालो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

 

अंशबण्डाको विवादका कारमोहन २ वर्ष अघि भारत गएपछि बाबुले उनको मृत्यु दर्ता बनाएर आफ्नो सम्पत्ति अन्य चार जनालाई  भागबण्डा गरेका थिए ।

 

पछि छोरो आएर अंश माग्दा बाबुले छोरालाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको छ ।
 

अशंवण्डा यसोधरा गाउँपालिका

विशेष