News प्रदेश २

मधेस आन्दोलनमा घाइते हुनेले पाउने भए उपचार खर्च 

मधेस आन्दोलनमा घाइते हुनेले पाउने भए उपचार खर्च 


मधेश आन्दोलनका घाइतेहरूले अधिकतम ३ लाखसम्म आर्थिक सहयोग पाउने भएका छन् ।

 

प्रदेश नं २ मा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनको क्रममा घाइते भएकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । अधिकतम ३ लाख र अन्य घाइतेको अवश्था हेरी सहयोग उपलब्ध गराउने मापदण्ड सरकारले बनाइसको छ ।

 

त्यसैगरी मन्त्रिपरिषदको बैठकले प्रदेशको प्रशासनिक संरचना सुधार गर्न समिति समेत गठन गरेको छ । मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा गठित उक्त समितिमा सबै मन्त्रालयका सचिवलाई पदेन सदस्य राखिएको छ ।

 

त्यस्तै बैठकले मुख्य न्यायधिवक्ताको कार्यालयबाट प्राप्त कानूनी सहायता अधिकृतको नियुक्ति तथा सेवा सर्त सम्बन्धी निर्दे्शिका २०७५ लाई समेत स्वीकृति प्रदान गरेको छ ।


 

प्रदेश नं २ मधेस आन्दोलन

विशेष