News व्यापार अर्थ कर्पोरेट समाज

अदुवाको निर्यात १७१ दशमलव २ प्रतिशतले बढ्यो 

अदुवाको निर्यात १७१ दशमलव २ प्रतिशतले बढ्यो 

काठमाडौँ । नेपाल आयातमुखी अर्थतन्त्र भएको बढ्दै गएको ब्यापार घाटाले देखाएको छ । तर, नेपालमा यस्ता केही नगन्य वस्तु पनि छन् जुन क्रमशः आत्मनिर्भरतर्फ लम्किरहेका छन् । अदुवा, कुखुराको मासु, कुखुरालाई खुवाउने मकैको दाना लगायतको वस्तुमा आत्मनिर्भरतर्फ नेपाल गइरहेको छ । यद्यपि, यी सामानहरू विदेशबाट भित्रन भने पूर्णरूपमा बन्द भएको छैन । 

 

चालु आर्थिक वर्षको दश महिनामा नुडल्स र पास्ता ६४ करोड २६ लाख रुपियाँको निर्यात भएको छ । गत वर्षको तुलनामा यो ९ दशमलव ३ प्रतिशतले घटेको हो । गत वर्ष ७० करोड ८८ लाख रुपियाँ बराबरको नुडल्स र पास्ता  विदेशिएको थियो ।

 

अदुवाको निर्यात भने उत्साहजनक वृद्धि भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा १७१ दशमलव २ प्रतिशतले अदुवाको निर्यातमा वृद्धि भएको छ ।

 

५९ करोड १४ लाख रुपियाँ बराबरको अदुवा निर्यात भएको छ । गत वर्ष २१ करोड ८० लाख रुपियाँ बराबरको अदुवा निर्यात भएको थियो । यता मासुको निर्यात ६१ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । ४४ करोड ४१ लाख रुपियाँ बराबरको मासु निर्यात भएको हो । गत वर्ष २७ करोड ४४ लाख रुपियाँको मासु निर्यात भएको थियो । 

 

गत आर्थिक वर्षको (२०७३÷७४) १० महिनामा १ अर्ब १८ करोड १६ लाख रुपियाँको फेल्ट निर्यात भएकोमा चालु आवको १० महिनामा ७ दशमलव १ प्रतिशतले निर्यात बढेर १ अर्ब २६ करोड ५१ लाख रुपियाँ पुगेको छ ।

 

यस्तै चिया निर्यात पनि २२ दशमलव ६ प्रतिशतले बढेको छ । अलैँचीको निर्यात पनि २२ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । 

अदुवा निर्यात

विशेष