News अर्थ बैंकिङ देश प्रदेश ३

आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार( आज) को लागि एक अमेरीकी डलरको  खरिददर १०८ दशमलव २४ रुपैयाँ र बिक्रीदर १०८ दशमलव ८४ रुपैयाँ तोकेको छ । यस्तै युरोपियन एक युरोको खरिददर १२६ दशमलव १८ रुपैयाँ र बिक्रीदर १२६ दशमलव ८८ रुपैयाँ रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ दशमलव ६९ रुपैयाँ छ भने बिक्रीदर  दशमलव १४४ दशमलव ४८रुपैयाँ रहेको छ ।

 

साउदी अरेबियन एक रियालको खरिददर २८ दशमलव ८६ रुपैयाँ र बिक्रीदर २९ दशमलव ०२ रुपैयाँ रहेको छ । कतारी एक रियालको खरिददर २९ दशमलव ७२ रुपैयाँ र बिक्रीदर २९ दशमलव ८९ रुपैयाँ रहेको छ । यस्तै युएइ एक दिहरामको खरिददर २९ दशमलव ४७ रुपैयाँ छ भने बिक्रीदर २९ दशमलव ६३ रुपैयाँ रहेको छ ।

 

मलेसियन एक रिङ्गिटको खरिददर २७ दशमलव ४ रुपैयाँ र बिक्रीदर २७ दशमलव १९ रुपैयाँ  छ । यसैगरी जापानीज १० यनको खरिददर ९ दशमलव ८४ रुपैयाँ र बिक्रीदर ९ दशमलव ९० रुपैयाँ छ । कुवेती एक दिनारको खरिददर ३५७ दशमलव ८९ रुपैयाँ  र बिक्रीदर ३५९ दशमलव ८७ रुपैयाँ रहेको छ ।

मुद्रा विनिमय

विशेष