Technology विदेश

संसारकै लामो सिसाको पुल, जहाँ हिँड्दा सिसा चर्किन्छ तर फुट्दैन

संसारकै लामो सिसाको पुल, जहाँ हिँड्दा सिसा चर्किन्छ तर फुट्दैन

एजेन्सी । अत्याधुनिक प्रविधि प्रयोग गर्दै संसारकै अनौठा आविस्कार गर्दैआएको चीन एकपछि अर्को प्रयोगमा छ । विश्वशक्ति बन्न आतुर चीनले मानवीय विलाशिताको लागि समेत ब्यापक विकास गरेको छ ।

 

चीनको हेनान प्रान्तस्थित झाङजियाइजीमा एउटा यस्तो पुल बनाएको छ, जहाँ पर्यटकहरुको घुइँचो लाग्न थाल्यो । हालै निर्मित पुल सिसाले बनेको छ ।

सिसाले मात्रै बनेको उक्त पुलमा मान्छे हिँड्दा चर्किन्छ । तर फुट्दैन । पर्यटकहरु यहाँ हिँड्द भनी जान्छन् तर डराउँछन् ।

 

चीन सरकारले बनाएको यो झाङजियाइजी पुल संसारकै सबैभन्दा लामो सीसाको पूल हो ।

३६० मिटर उचाइमा रहेको यो पुल ४६० मिटर लामो र ६ मिटर फराकिलो छ । हेर्दा फुटिहाल्ला जस्तो यस पुलको क्षमता भने ७० मेट्रिक टन भन्दा बढी छ । पछिल्लो समय पर्यटकहरु यस पुलमा हिँड्दाको अनुभव लिन भन्दै यहाँ पुग्छन् ।


 

चीन सिसाकाे पुल

विशेष