News व्यापार अर्थ प्रदेश ३

राष्ट्रिय आपूर्ति कम्पनी सञ्चालनको प्रक्रिया अघि बढ्यो 

राष्ट्रिय आपूर्ति कम्पनी सञ्चालनको प्रक्रिया अघि बढ्यो 

काठमाडौं । सरकारले अत्यावश्यकीय वस्तुको आपूर्ति गर्ने प्रयोजनका लागि राष्ट्रय आपूर्ति कम्पनी बनाइने भएको छ । खारेजीमा परेको नेशनल ट्रेडिङको सम्पत्ति गाभेर खाद्य संस्थानलाई नयाँ कम्पनीको संरचनामा लैजान लागिएको हो ।

 

चालु आर्थिक वर्षको बजेटमार्फत नै सरकारले यस्तो कम्पनी स्थापना गर्ने घोषणा गरेको थियो । त्यसअनुसार अब केही दिनभित्रै कमिटी गठन गरेर कसरी कम्पनी स्थापना गर्ने भन्ने विषयलाई अघि बढाइनेछ । 

 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालकाअनुसार कम्पनी स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको छ । कम्पनीलाई कसरी गठन, सञ्चालन तथा व्यवस्थापन गर्ने भन्ने तय गर्न कमिटी गठन गरेर काम थालिने उनले बताए ।

 

अब खाद्य संस्थानलाई पुर्नसंरचना गरेर बन्ने यस्तो कम्पनीले उपभोग्य वस्तु तथा सेवा आपूर्तिमा निजी क्षेत्रको एकाधिकार तोड्ने योजना बनाइएको छ । बजारमा प्रतिस्पर्धाको वातावरण तयार गर्न यस्तो कम्पनी निर्माण गर्न लागिएको ढकालले बताए । बजारमा हुने कार्टेलिङ अन्त्य गर्न कम्पनी प्रभावकारी हुने विश्वास सरकारको छ ।

कम्पनी आपूर्ति

विशेष