नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुलेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे, कालिखोला, चारकिलो र तीन नम्बर पुललगायतका स्थानमा पहिरो झरेपछि सोमबार बिहानैदेखि दुईतर्फ नै बाटो अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । उनका अनुसार गाडीहरुको चापका कारण निर्वाध सञ्चालनमा भने समस्या छ । सहज हुन अझै केही घण्टा लाग्ने अनुमान छ । सवारी चाप कम हुनेवित्तिकै दुईतर्फी सवारी सञ्चालनमा ल्याउने खनालको भनाइ छ ।
यसैगरी धादिङको मौवाखोला नजिक खसेको पहिरो भने पन्छाइसकिएको छ । अहिले पृथ्वी राजमार्गमा सवारी साधन सन्चालनमा कुनै समस्या नरहेको एसपी डम्बर विकले जानकारी दिए ।
सडक खुल्यो