News व्यापार अर्थ बैंकिङ समाज प्रदेश ३

१२१८ दशमलव २९ विन्दुमा नेप्से 

१२१८ दशमलव २९ विन्दुमा नेप्से 

काठमाडौं । सोमवार नेप्से कारोबार भएको पहिलो एक घण्टाको अवधिमा १ दशमलव ५२ अङ्कले घटेर १ हजार २ सय १८ दशमलव २९ विन्दुमा पुगेको छ ।  नेप्से परिसूचक शून्य दशमलव १२ प्रतिशत घटेको छ । यस व्यापार अवधिमा ७८ कम्पनीको  १ करोड २६ लाख बराबरको शेयर कारोबार भएको छ ।

 

विकास बैङ्क, वित्त कम्पनी र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो ।

 

विकास बैङ्कको शून्य दशमलव ३ प्रतिशत, वित्तको शून्य दशमलव १३ र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३४ प्रतिशतले बढेको छ । नेप्सेमा ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको सर्वाधिक  १९ लाख बराबरको शेयर कारोबार भएको छ ।

नेप्से

विशेष