News व्यापार अर्थ कर्पोरेट देश

नेपाली उत्पादन ‘म्याङ्गो जुस’ अमेरिका निर्यात 

नेपालमा २०० एमएलको २५ रुपैयाँ

नेपाली उत्पादन ‘म्याङ्गो जुस’ अमेरिका निर्यात 

 
काठमाडौं । गुडलाईफ बेभरेजले आफ्नो उत्पादन अमेरिकामासमेत निर्यात सुरु गरेको छ। कम्पनीले गुडलाइफ म्याङ्गो जुस अमेरिका निर्यात थालेको हो। उत्कृष्ट म्याङ्गो पल्पहरु छनौट गरी बनाइएको जुसको स्वादलाई स्वदेशमा जसरी विदेशमा पनि रुचाइने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेकव छ। नकुहिने गरी सुरक्षितसँग टेट्रा प्याकमा प्याकिङ गरिएको छ। 

 
नेपाली बजारमा २०० एमएल गुडलाइफ म्याङ्गो जुसको मूल्य २५ रुपैयाँ तोकिएको छ। नेपाली कम्पनीले आफ्नो उत्पादनहरु अमेरिका जस्तो देशमा निर्यात गर्नु भनेको नेपाली उद्योगको सफलता रहेको विज्ञप्तिमा उल्लेख छ। गुडलाइफले बिस्कुट र चकलेट पनि उत्पादन गर्ने बताएको छ । 

निर्यात जुस

विशेष