News व्यापार अर्थ शेयर प्रदेश ३

दोहोरो अंक नजिकले घट्यो शेयर बजार

कारोबार साढे १८ करोड मात्रै

दोहोरो अंक नजिकले घट्यो शेयर बजार

काठमाडौं । शेयर बजार ९ दशमलव ७२ अंकले घटेको छ। सूचकसँगै कारोबार रकम पनि १८ करोड ५१ लाख रुपैयाँमा खुम्चिएको छ। आइतबार झिनो अंकले बढेको शेयर बजार सोमबार उत्पादन तथा प्रसोधन र होटलको उपसूचक बाहेक अन्य सूचक तथा उपसूचक ओरालो झरेका छन्।


 
सबैभन्दा धेरै बीमाको उपसूचक १ दशमलव २९ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै समता माइक्रोफाइनान्सको ८८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ। खानीखोला हाइड्रोपावरका शेयरधनीले ५ दशमलव ४५ प्रतिशतले कमाउँदा जेविल्स फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ७ दशमलव ४० प्रतिशतले गुमाएका छन्। 

 

 
बजेटबाट प्रभावित भएको बजार मौद्रिक नीतिमा पनि शेयर बजारलार्इ संबोधन गर्ने खासै कार्यक्रम नआउने संकेत पाएसँगै सुस्ताएको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए। यसका साथै असार महिना लगानीकर्ताले बैंकको व्याज तथा कर तिर्नु पर्ने हुँदा बजारमा सेलिङ प्रेसर बढ्ने उनको अनुमान छ। 
 


बजार निरन्तर ओरालो झर्दा बैंकहरुले मार्जीन कल लिएका लगानीकर्तालार्इ निरन्तर म्यासेज पठउँदा घाटामै बेचेर भए पनि ऋण तिर्न बाध्य भएको उनले दावी गरेका छन् ।

घट्यो शेयर

विशेष