News खेल

अर्जेन्टिना भर्सेस नाइजेरियाः मेस्सीलार्इ मुसाकाे चुनाैती

अर्जेन्टिना भर्सेस नाइजेरियाः  मेस्सीलार्इ मुसाकाे चुनाैती

काठमाडाैं । विश्वकप फुटबलमा आज राती दुई पटकको विश्वविजेता अर्जेन्टिना र नाइजेरिया गर या मरकाे अवस्थामा मैदान उत्रिँदै छन् । गत संस्करणको उपविजेतासमेत रहेकाे अर्जेन्टिनालार्इ नकआउट चरण प्रवेश प्रतिष्ठाकाे लडाइ बनेकाे छ ।

 

तर, समर्थकले अपेक्षा गरिएझैँ अर्जेन्टिनाले खेल देखाउन सकेकाे छैन । बल्लतल्ल विश्वकपमा छनाेट भएकाे अर्जेन्टिनाले विश्वकपको सुरुवाती २ खेलमा बिर्सनलायक प्रदर्शन गरेकाे छ । 


समूह डीबाट उसले नवप्रवेशी टोली आइसल्याण्डसँग अप्रत्यासित बराबरी खेल्याे । यस्तै क्रोएसियासँग ३–० गोलको लज्जास्पद हार ब्यहोर्यो । विश्वकप छनोटका लागि पनि अन्तिम खेल कुर्नुपरेको अर्जेन्टिनाका लागि रुसमा पनि त्यस्ते अवस्था आएको छ ।

 

सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयअनुसार ११ः ४५ बजे अर्जेन्टिनाले विश्वकपको परिचित प्रतिस्पर्धी नाइजेरियासँग खेल्दैछ । नाइजेरियाविरुद्ध जित हासिल गरे र क्रोएसियाले आइसल्याण्डलाई हराए अर्जेन्टिना नकआउट चरणमा पुग्नेछ ।

 

क्रोएसिया यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । यता नाइजेरियाका लागि आइसल्यान्डले क्रोएसियालाई हराएन भने बराबरी पनि पर्याप्त हुनेछ ।


हेड टु हेड

–नाइजेरिया र अर्जेन्टिना अहिलेसम्म ८ पटक आमने सामने भएका छन्, जसमध्ये ४ पटक विश्वकपमै भिडेका छन् । चारै भेटमा अर्जेन्टिना विजयी भएको छ ।


 
– अर्जेन्टिना विश्वकप इतिहासमै लामो समयसम्म जितविहीन भएको छ । विश्वकपको पछिल्ला तीन खेलमा उसले १ बराबरी र २ हारको नतिजा आत्मसाथ गरेको छ ।


 
– नाइजेरिया सन् १९९८ पछि पहिलो पटक विश्कपको नकआउट चरणमा पुग्ने सम्भावना छ । अर्जेन्टिनाविरुद्ध ३ अंक हासिल गरेको अबस्थामा उसले चौथो पटक नकआउट चरणमा स्थान बनाउनेछ ।


 
– जारी विश्वकपमा अर्जेन्टिना सुपरस्टार लियोनल मेस्सीले १२ शट प्रहार गर्दा एक गोल पनि गर्न सकेका छैनन् ।


 
– नाइजेरियाका स्ट्राइकर अहमद मुसा विश्वकपका खेलमा सबैभन्दा धेरै ४ गोल गर्ने नाइजेरियाली खेलाडी बनेका छन् । आइसल्यान्डविरुद्ध उनले २ गोल गरेका थिए ।

अर्जेन्टिना नाइजेरिया विश्वकप फुटबल

विशेष